रौतहट–१ मा माधव नेपालको अग्रता कायमै

रौतहट–१ मा माधव नेपालको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

रौतहट–१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लगातार अग्रता कायम राखेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पछिल्लो मतपरिणामअनुसार ८ हजार ७४३ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले ८ हजार २५८ मत पाएका छन् । अध्यक्ष नेपाल र गुप्ताबीच करिब ५ सयको मतान्तर रहेको छ । 

यस्तै, जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले अहिलेसम्म १५० मत पाएका छन् । यहाँ मतगणना जारी छ ।

Skip This
Skip This
Logo