‘अर्को पटक सबैको विश्वास जित्ने गरी काम गर्छु’ -पुकार बम

‘अर्को पटक सबैको विश्वास जित्ने गरी काम गर्छु’ -पुकार बम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका पुकार बमले निर्वाचनमा पराजित भए पनि आफूले यही क्षेत्रको समाज परिवर्तन र नागरिकको सेवामा अविच्छिन्न लागिरहने बताएका छन् । 

मत परिणाम सार्वजनिक भइसकेपछि मंगलबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै उनले अर्को पटक सबैको विश्वास जित्ने गरी काम गर्ने बताएका छन् ।

यो निर्वाचनले नयाँ युवालाई जिताएर नयाँ विचारलाई संस्थागत गरेर परिवर्तनको घण्टी बजाउने माहोल बनेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले चुनाव हारे पनि क्षेत्र नम्बर १ मै रहेर वैकल्पिक राजनीतिको विरासत जोगाउने बताएका छन् । उनले भनेका छन्, ‘म हारे पनि नयाँ विचारका युवाहरुले वैकल्पिक राजनीति जिताइरहेका छन् ।’

उनले नवनिर्वाचित पतिनिधीसभा सदस्य प्रकाशमान सिंहलाई बधाइ पनि दिएका छन् ।

Logo