बागलुङका प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको क्लीन स्विप

बागलुङका प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको क्लीन स्विप

केन्द्रबिन्दु
0
Shares

बागलुङका चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले क्लीन स्विप गरेको छ । राष्ट्रिय जनमोर्चाको प्रभाव रहेको क्षेत्रमा कांग्रेसले गठबन्धनबाट आफ्ना ४ उम्मेदवारलाई प्रदेशसभामा उठाएका थियो ।

बागलुङ १ (१) मा कांग्रेसका दीपेन्द्रबहादुर थापाले चुनाव जिते । कांग्रेसको कमजोर ठाउँ मानिने यस क्षेत्रमा थापाले १३ हजार ८८४ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर केसीले १२ हजार ४०५ मत ल्याए ।

बागलुङ १ (२) मा कांग्रेसका युवा उम्मेदवार डिल्लीराम सुवेदीले जित्न सफल भए । सुवेदीले १३ हजार ३२० मत प्राप्त गर्दै प्रदेश सभाको ढोका खोलेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज पौडेलले भने केबल ७ हजार २५३ मत ल्याउन सके ।

यसअघि २ वटा संसदीय निर्वाचनमा हार बेहोरेका जित शेरचनले भने अहिलेको निर्वाचनमा बागलुङ २ (१) मा जित निकाल्न सके । २०७४ र २०७६ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारसँग पराजित उनले अहिले जनमोर्चाकै साथ लिएर चुनाव जितेका हुन् ।

शेरचनले १५ हजार १०६ मत पाए । यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेले समर्थन गरेको माओवादीका बागी उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८ मत मात्र पाए । घर्ती अघिल्लो पटक स्थानीय निर्वाचनमा ताराखोला गाउँपालिकामा पनि बागी उठेर हारेका थिए ।

बागलुङ २(२) मा पनि कांग्रेसका द्रोणकुमार कुँवरले बाजी मारे । कुँवरले १२ हजार ४०८ मत ल्याएर चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत ल्याउन सके । बागलुङ २९२० मा कुल २३ हजार ३३८ मत खसेको थियो ।

Skip This
Skip This
Logo