नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उठेको झापा क्षेत्र नम्बर ५ को मत गणना जारी छ। ताजा मतपरिणाम अनुसार ओली अहिले पनि निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारभन्दा झन्डै दोब्बर मतले अगाडि छन्।
प्राप्त विवरणअनुसार अहिलेसम्म ओली पक्षमा ३६हजार ५ सय २८ आएको छ। प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका ओली मतगणनाको सुरुवातदेखि नै अघि छन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १८ हजार ४ सय १६ मत ल्याएका छन्।





























प्रतिक्रिया