पर्सा क्षेत्र नम्बर २ को (ख) को प्रदेशसभा सदस्यमा रमेश कुर्मी पुन: निर्वाचित भएका छन्।
पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार कुर्मी ९ हजार ४ सय ७१ मतका साथ प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८ सय ३४ मत पाएका छन्। कुर्मी र सिंहबीचको मतान्तर २ हजार ६ सय ३७ रहेको छ। यहा नेकपा एमालेका उम्मेदवार हरेराम पटेलले ३ हजार ७ सय ९० मत र राप्रपा उम्मेदवार प्रमानन्द साहले २ हजार ८ सय ३६ मत पाएका छन्।































प्रतिक्रिया