पर्सामा स्वतन्त्रको पहिलो जित, प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

पर्सामा स्वतन्त्रको पहिलो जित, प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

पर्सामा स्वतन्त्र उम्मेदवारले पहिलो जित हात पारेका छन् । पर्सा  क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा काउली चुनाव चिन्ह लिएर चुनाव लडेका प्रमोद जयसवाल विजयी भएका हुन् ।

जयसवाल ७ हजार ३ सय ८१ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी एमाले–जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाए । जयसवाल र अन्सारी बिचको मतान्तर १ हजार ४ सय ५१ छ । 

तेश्रो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार चन्द्रकिशोर चौधरीले ४ हजार ६ सय ५५ मत पाए भने पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादव ४ हजार ५ सय २८ मतका साथ पाँचौ स्थानमा सिमित हुन पुगेका छन् । 

 

Logo