रूकुम पूर्वको प्रतिनिधिसभामा माओवादीका घर्ती निर्वाचित, प्रदेश (२) मा कांग्रेस

रूकुम पूर्वको प्रतिनिधिसभामा माओवादीका घर्ती निर्वाचित, प्रदेश (२) मा कांग्रेस

केन्द्रबिन्दु
0
Shares

हिमाली जिल्ला रूकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। 

लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका घर्तीले प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लमाथि दोब्बर बढी मतान्तरले विजयी हासिल गरेका हुन् । उनले १२ हजार ६ सय ६२ मत प्राप्त गर्दा मल्ल ५ हजार दुई सय ११ मतमै रोकिए । 

त्यस्तै, रूकुम पूर्व प्रदेशसभा (२) मा कांग्रेसका धनबहादुर केसी निर्वाचित भएका छन्। कुल ४ हजार ८ सय ६२ मत ल्याएर जितेका केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६ सय १८ मतान्तरले पछि पारेका छन् । खड्काको कुल मत २ हजार २ सय ४४ रहेको छ ।

Skip This
Skip This
Logo