सप्तरी २ मा जनमत पार्टी अध्यक्ष सीके राउत विजयी भएका छन् ।
बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जयप्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए ।
यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी भए भने यस्तै क्षेत्र नम्बर २ मा जनमतकै महेशप्रसाद यादव १३ हजार ३२५ मत ल्याएर विजयी भए ।
सप्तरी २ मा जनमत पार्टीले ‘क्लीन स्वीप’ गरेको छ । सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको हो ।





























प्रतिक्रिया