ओलखढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

ओलखढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

केन्द्रबिन्दु
0
Shares

ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धि एमालेका यज्ञराज सुनुवारलाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।

बुधबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खतिवडा ३३ हजार ५५६ मतसहित विजयी भए भने सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे । साथै जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे ।

यसअघि जिल्लाको प्रदेशसभा सदस्यमा  ‘क’मा कांग्रेसकै प्रदीप सुनुवार र ‘ख’ मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भैसकेका छन् ।

Logo