ललितपुर–३ मा पराजित भएका पम्फा र अमृतबाहेक सबैको जमानत जफत

ललितपुर–३ मा पराजित भएका पम्फा र अमृतबाहेक सबैको जमानत जफत

केन्द्रबिन्दु
0
Shares

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ पराजित उम्मेदवारमध्ये माओवादी केन्द्रकी पम्फा भुसाल र एमालेका अमृत खड्काबाहेक अरु सबैको जमानत जफत भएको छ । अमृत र पम्फाले जमानत जोगाउन सकेपनि अरु सबैले १० प्रतिशत मत पनि कटाउन सकेनान् । 

सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले भारी मतका साथ विजय हासिल गरेकी थिइन् । उनलाई  ३१ हजार १३६ मत प्राप्त हुँदा अमृतलाई १२ हजार ९६३ र तेस्रो भएकी पम्फालाई ८ हजार ७६९ मत प्राप्त भयो । 

तर राप्रपासहितका उम्मेदवारको भने जमानत जफत भएको छ। राप्रपाका निरञ्जन थापाले २१३० मत पाए भने हाम्रो नेपाली पार्टीका राजाराम तण्डुकारले १५५४, नेमकिपाका निरज लवजूले ५०३, राप्रपा नेपालका राजेन्द्र प्रसाद ओझाले ९१, आमूल परिवर्तन पार्टीका सपना महर्जनले ८१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु कुमार लिम्बुले ७०, नेपाल आमा पार्टीका कविता राईले ५४, मौलिक जरोकिलो पार्टीका धीरेन्द्र सोडारीले ४३, लोसपाका किरण शाहीले ३९, नेश्नलिस्ट पिपल्स पार्टीका चिरञ्जिवी सापकोटाले २७ मत पाए । 

यसैगरी स्वतन्त्र उम्मेदवारहरु जेसन देज वैद्यले ३६०, कृष्णभक्त ब्रह्मचार्यले १४४, राधेश्याम खड्काले ६३, चिरन थापाले ४६, विष्णु महर्जनले ३४, रघुनाथ केसीले २९ र सञ्जय महर्जनले जम्मा ९ मत पाएर जमानत जफत भएको हो ।

Logo