झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालबहादुर साँवा (एलपी) निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउमान थेबेलाई ६ हजार ८६७ फराकिलो मतान्तरले पछाडि पार्दै जित हासिल गरेका हुन् ।
सावाले २९ हजार ३१५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी निकटतम् प्रतिद्वन्द्वीले २२ हजार ४४८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत ल्याई तेस्रो भएका छन् ।
उनको जित निर्वाचन अधिकृतको कार्यालय आधिकारिक रुपमा घोषणा गर्न बाँकी छ । उनी दोस्रो पटक सङ्घीय सांसदमा निर्वाचित भएका हुन् ।





























प्रतिक्रिया