मकवानपुर–१ मा कमल थापा र डिनालाई पछि पार्दै राप्रपाका सिंह विजयी

मकवानपुर–१ मा कमल थापा र डिनालाई पछि पार्दै राप्रपाका सिंह विजयी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् । सिंह २७ हजार ८१६ मतसहित निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले २५ हजार ४३४ मत प्राप्त गरिन् । सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे ।

सिंह २०६४ सालको संविधानसभा र ०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार थिए । निर्वाचनमा निरन्तर असफल रहँदै आएका सिंह पहिलो पटक संसदीय राजनीतिमा सफल भएका हुन् ।

Logo