१४ निर्वाचन क्षेत्रमा एमालेको अग्रता कायम (सूचीसहित)

१४ निर्वाचन क्षेत्रमा एमालेको अग्रता कायम (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

आम निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले ३२ स्थानमा जीत हासिल गर्दा १४ सिटमा अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार रुपन्देही १ मा छविलाल विश्वकर्माको अग्रता छ ।

यस्तै मोरङ १ मा घनश्याम खतिवडा, तेह्रथुममा विजय सुब्बा, इलाम १ मा महेश बस्नेत, पाल्पा १ मा नारायणप्रसाद आचार्य, काभ्रे १ मा रेशमबहादुर लामा, पाल्पा २ मा ठाकुरप्रसाद गैरे, इलाम २ मा सुवासचन्द्र नेम्वाङ्ग, मोरङ २ मा ऋषिकेश पोखरेल, रुपन्देही २ मा विष्‍णुप्रसाद पौडेलको अग्रता छ । 

यस्तै सुनसरी २ मा भीमप्रसाद आचार्य, कपिलवस्तु ३ मा मंगलप्रसाद गुप्‍ता, सुनसरी ३ मा भगवती चौधरी, सिरहा ३ मा लिलानाथ श्रेष्ठ र  सुनसरी ४ मा जगदीशप्रसाद कुसियैतको अग्रता छ ।

Logo