रूपन्देही-२ मा एमालेका विष्णु पौडेल विजयी

रूपन्देही-२ मा एमालेका विष्णु पौडेल विजयी

केन्द्रबिन्दु
6
Shares

रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै पौडेल विजयी भएका हुन्।

विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याए । साथै  सत्ता गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले २२ हजार ८ मत प्राप्त गरे । 

पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो । यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङले उम्मेदवारी दिए पनि निर्वाचन आयोगले खारेज गरेपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो ।

Skip This
Skip This
Logo