चितवनस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शुक्रवार राति भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको रास्वपाको सम्पर्क कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी शुक्रवार राति भएको बताइएको छ । शनिबार कार्यालय खोलेर हेर्दा सामान जलेपछि सो पार्टीले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो ।
घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया