समानुपातिकतर्फ एमालेले पायाे २७ लाख मत, एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेन

समानुपातिकतर्फ एमालेले पायाे २७ लाख मत, एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेन

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा छ । 

निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख मत कटाएको छ। एक करोड ७६ हजार गणना हुँदा एमालेले एमालेले २७ लाख ३ हजार मत पाएको छ । साथै कांग्रेसले २५ लाख ६४ हजार मत पाएको छ । 

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९९ हजार मत ल्याएको छ ।  राप्रपाले ५ लाख ७२ हजार, जसपाले ४ लाख २ हजार, जनमत पार्टीले ३ लाख ६७ हजार मत पाएको छ ।  

अहिलेसम्मको गणनामा सात दलले राष्ट्रिय मान्यता पाउने मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादी भने थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको छ । एमालेबाट फुटेर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको सो पार्टीले २ लाख ८६ हजार मत मात्रै पाएको छ ।  यो मतले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट वञ्चित हुने भएको छ । तर, अझै दोलखा, बाजुरा र स्याङ्जा- २ मा मतगणना गर्न बाँकी रहेकाले सम्भावना पनि जिवितै छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ । यस निर्वाचनमा कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । 

Skip This
Skip This
Logo