‘संसदीय दलका नेताको सर्वसम्मति चयनबारे पार्टी सभापतिसँग सल्लाह गर्छाैं’ -शेखर कोइराला

‘संसदीय दलका नेताको सर्वसम्मति चयनबारे पार्टी सभापतिसँग सल्लाह गर्छाैं’ -शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन् । 
    
विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गरेका हुन् । 
    
नेता डा. कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिए ।
    
उनले मुलुकको समृद्धिका लागि  सुशासन कायम गर्न  र  भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको छ भने । 
    
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको र  लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएकामा नेता डा. कोइरालाले धन्यवादसमेत दिए ।

Skip This
Skip This
Logo