नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्छः गृहमन्त्री खाण

नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्छः गृहमन्त्री खाण

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने बताएका छन् । 

बिहीवार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै गृहमन्त्री खाणले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन् । उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामुहिक प्रयत्न गर्ने पनि बताए । 

गृहमन्त्री खाणले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए । 

उनले भने, ‘यो निर्वाचनले संविधानलाई बल पु-याएको छ । यो राष्ट्रिय दायित्व सरकारले पूरा गरेको छ । यस क्रममा सुरक्षा निकायका केही अधिकृत जवानहरु पनि दिवंगत हुनुभएको छ । नागरिकको पनि बलिदान भएको छ । उहाँहरुको परिवारका लागि भरणपोषणका लागि सरकारले राहत पनि उपलब्ध गराउने छ । निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गरिनेछ र कर्मी कजोरीलाई सुधार्दै जानेछ । सिमित श्रोत र साधनका बाबजुद पनि निर्वाचन सम्पन्न गर्ने काममा उहाँहरु अहोरात्र खटिनुभएको छ । निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्नेछ । राज्य प्रणालीले शान्ति, सुशान्ति, सुशासन र स्थितिका लागि सामुहिक प्रयत्न गर्नेछ । शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव हुनेछ ।’
 
गृहमन्त्री खाणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकहरुको निधन भएको भन्दै सरकारको तर्फबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गरे । उनले दिवंगतहरुको परिवारलाई भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

Skip This
Skip This
Logo