गृहमन्त्री खाण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

गृहमन्त्री खाण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । आज दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो ।

वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाँडो टुङ्ग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको गृहले जनाएको छ । नेकपासँगका मुद्दा टुङ्ग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुङ्ग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुङ्ग्याउन वर्तमान कानूनले अफ्ठेरो पर्ने भएमा संशोधन गरेर भए पनि टुङ्ग्याउने निर्णय गरेको थियो । 
    
सो निर्णय कति कार्यान्वयन भयो र आगामी दिनमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था छ कि छैन भन्नेबारेमा नेकपा प्रवक्ता विश्वकर्माले जिज्ञासा राखेका थिए । जवाफमा सरकारका तर्फबाट निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा आएको थियो । गृहमन्त्री खाणले सहमतिका आधारमा भएका निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाण, निवर्तमान कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए । नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्मा प्रकाण्ड सहभागी थिए ।

Skip This
Skip This
Logo