समानुपातिक उम्मेदवार छनोट गर्न आयोगले पठायो चौध दललाई पत्र

समानुपातिक उम्मेदवार छनोट गर्न आयोगले पठायो चौध दललाई पत्र

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ।

राजनीतिक दलले तीन दिनभित्र आरक्षित समूह मिलाएर बन्दसूचीमा राखिएको क्रमअनुसार उम्मेदवार छनोट गर्नुपर्नेछ। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपसचि गुरुप्रसाद वाग्लेले बुधबारबाट तीन दिनको समय राखेर पत्राचार गरिएको बताए । आयोगले पत्राचार गरेपछि नेपाली कांग्रेसले बुधबारै पत्र बुझिसकेको छ। पत्रअनुसार राजनीतिक दलले शनिबारसम्म नामावली पठाउनुपर्नेछ। यसरी पठाइएको नामावली समावेशी समूहअनुसार नभए दलले थप दुई दिनको समय पाउनेछन्। समानुपातिकबाट उम्मेदवार निर्वाचित भएको प्रमाणपत्र पाउन अझै कम्तीमा पाँच दिन पर्खिनुपर्नेछ।

राष्ट्रपतिसमक्ष आयोगले मसिर २८ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०७२ का अनुसार राजनीतिक दलले समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा रहेका उम्मेदवारको नाम छनोट गर्न पाउने छैनन्। 

दलले उम्मेदवारको नाम छनोट गरी केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराउनुपर्नेछ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

Skip This
Skip This
Logo