रास्वपाको समानुपातिक सांसद चयनमा चलखेलको आरोप

रास्वपाको समानुपातिक सांसद चयनमा चलखेलको आरोप

केन्द्रबिन्दु
0
Shares

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्टि बाहिरिन थालेको छ ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आज खबरदारी कार्यक्रम गरिने भएको छ । सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न लागिएको बताए ।

उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’ आज बिहान सवा ११ बजे रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा हुने खबरदारी कार्यक्रममा सहभागी हुन उनले अनुरोध गरेका छन् ।

उनले डिजिटल डेमोक्रेसीको कुरा गरेकाले डिजिटल डेमोक्रसीको अवधारणा अनुसार पार्टी चलोस् भन्नका लागि खबरदारी कार्यक्रम आयोजना गरिएको बताए । उनले भने,‘ हामीले केही संकेत देखेपछि खबरदारी कार्यक्रम आयोजना गरेका हौं । दुईजना भएपनि सहभागी हुन्छौं ।’ समानुपातिकमा तलमाथि हुने देख्नु भएको हो ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘केही संकेत देखियो त्यसैले हामी खबरदारी गर्नुपर्ने अवस्थामा पुग्यौं ।’

जनताले सरकारमा नगई खबरदारी गर्नका लागि मत दिएकाले सरकारमा पार्टी नजाओस भनेर पनि खबरदारी कार्यक्रम आयोजना गरिएको थापाको भनाइ थियो ।

Skip This
Skip This
Logo