काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई हटाएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले त्यसको विरोध गरेका छन् ।
पूव्रप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले धनी र गरिबको विभेदीकरणको दिगो समाधान लाठी/बन्दुक नभएको बताएका हुन् । मेयर बालेन साहलाई संकेत गर्दै उनले शहरीकरण र गरिबीको दिगो समस्या समाधान नगरे विष्फोट हुने चेतावनी दिएका हुन् । काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटेपछि भट्टराईको यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन्, ‘शहरीकरण, अनौपचारिक श्रम/अर्थतन्त्र, धनीगरीबको विभेदीकरण संक्रमणकालीन समाज/अर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठीरबन्दुक होइन् योजनाबद्ध व्यवस्थापन र उचित पुनःस्थापना हो। नत्र विष्फोट हुन्छ। चेतना भया,’ ।





























प्रतिक्रिया