कांग्रेस नेता केसी ओलीलाई भेट्न बालकोटमा

कांग्रेस नेता केसी ओलीलाई भेट्न बालकोटमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । 

ओली निवास बालकोटमा आइतबार साँझ केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ । उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ।  भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए । भेटमा द्वन्द्वकालीन मुद्दा किनारा लगाउने, भ्रष्टाचारविरूद्ध एक भई लड्नेलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ । 

Skip This
Skip This
Logo