‘सरकारको गलत निर्णयको भारी कांग्रेसले बोक्दैन, अध्यादेश तत्काल फिर्ता लिनुपर्छ’ -गगन थापा

‘सरकारको गलत निर्णयको भारी कांग्रेसले बोक्दैन, अध्यादेश तत्काल फिर्ता लिनुपर्छ’ -गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले हालै ल्याएको अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याइएको अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेसँगै कांग्रेसका महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् ।

‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।’ उनले  भनेका छन् । 

यस्तो छ महामन्त्री थापाले फेसबुकमा लेखेको स्टाटसः 

सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शत प्रतिशत सही छ। यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ।अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ:
• अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
• अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।
• अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी वढाउन सक्छ।
• अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।

सरकारको सो निर्णयले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेमश चौधरी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ता लाभग्राही हुने सक्नेछन् । यस विषयमा अहिले सरकारकाे सर्वत्र विराेध भइरहेकाे छ । सत्तामै रहेको कांग्रेसभित्रै पनि त्यसको विरोध भएको छ । आजै मात्र कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले गलत भएको भनिसकेका छन् । 

Skip This
Skip This
Logo