नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको बताएका छन्।
बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘मसँग सायद अब धेरै वर्ष समय छैन। तपाईंको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु ।’ उनले भने ।
आफ्नो पहिलो कार्यकाल विधि र प्रक्रिया सिक्दैमा बितेको बताएका अध्यक्ष प्रचण्डले दोस्रो कार्यकालमा भने मधेश, पहाड र हिमाललाई एकढिक्का बनाएको दाबी गरेका छन् । उनले त्यतिबेला आफूले संविधान बनेपछिको निर्वाचनको सुरुवात गर्न सकेको बताए। अब आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने उनले बताए ।
अध्यक्ष प्रचण्डले अहिले देशमा कहीँ अस्थिरता हुने चिन्ता भएको पनि सुनाए । ‘देश अराजकतातिर जाने हो कि भन्ने बेलामा स्थानीय र संघको निर्वाचन सम्पन्न गरेर हामीले गति दिन सफल भएका छौँ’ उनले भने ।































प्रतिक्रिया