जसपा कार्यकारिणी कमिटी बैठकः पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित

जसपा कार्यकारिणी कमिटी बैठकः पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी कमिटीको बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ । गत बुधबारबाट सुरु भइ शनिबार सम्पन्न भएको कार्यकारिणी कमिटीको बैठकले पार्टी एकताको आन्तरिक समायोजन निर्देशिका पारित गरेको हो ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।  निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको छ । निर्देशिका जारी भएपछि अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ । जसपाले तत्कालीन समाजवादी पार्टी र राजपाको क्रियाशिल सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधारमा समायोजनको टुंगो लगाउने छ ।

त्यस्तै जसपाको बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता समेत औल्याएको छ । भारतसँगको सम्बन्ध बिगार्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै झाले चीन र भारत दुबै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्न बैठकले सुझाव समेत दिएको उनको भनाइ छ ।

बैठकले कोरोना प्रभावित क्षेत्रमा सरकारलाई प्रभावकारी उपस्थिति जनाउन पनि आग्रह गरेको छ । कोरोना भाइरसका कारण नेपालको कृषि क्षेत्र, रोजगारीको क्षेत्र, शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको ठहर गर्दै बैठकले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह समेत गरेको छ । जसपा कार्यकारिणी कमिटी बैठकः पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी कमिटीको बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ । गत बुधबारबाट सुरु भइ शनिबार सम्पन्न भएको कार्यकारिणी कमिटीको बैठकले पार्टी एकताको आन्तरिक समायोजन निर्देशिका पारित गरेको हो ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको छ । निर्देशिका जारी भएपछि अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ । जसपाले तत्कालीन समाजवादी पार्टी र राजपाको क्रियाशिल सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधारमा समायोजनको टुंगो लगाउने छ ।

त्यस्तैगरी जसपाको बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता समेत औल्याएको छ । भारतसँगको सम्बन्ध बिगार्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै झाले चीन र भारत दुबै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्न बैठकले सुझाव समेत दिएको उनको भनाइ छ ।

बैठकले कोरोना प्रभावित क्षेत्रमा सरकारलाई प्रभावकारी उपस्थिति जनाउन पनि आग्रह गरेको छ । कोरोना भाइरसका कारण नेपालको कृषि क्षेत्र, रोजगारीको क्षेत्र, शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको ठहर गर्दै बैठकले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह समेत गरेको छ ।

Logo