पार्टीकाे निर्णय र निर्देशन अनुसार चल्न सांसदहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन

पार्टीकाे निर्णय र निर्देशन अनुसार चल्न सांसदहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् । 

अध्यक्ष ओलीले सच्चा जनप्रतिनिधिको रुपमा संसद भित्र र बाहिर पनि वैचारिक रुपमा स्पष्ट र  योजनावद्ध ढंगले अघि बढन पार्टीका सांसदहरुलाई सचेत समेत गराए । मंगलबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीले देश र जनताको हित बाहेक अरु केही पनि नहेर्ने भएकाले पार्टीका सांसदहरुले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क समेत गरे । 

‘देश बर्बादीतर्फ गईरहेको छ । यस्तो अवस्थामा हामी नयाँ संकल्पसहित अगाडि बढनु छ । हाम्रा प्रतिनिधिसभा सदस्यहरु जो नवनिर्वाचित हुनुहुन्छ । प्रतिनिधिसभाका सदस्यहरु र प्रदेशसभाका सदस्यहरु सबैले आफूलाई साच्चो जनप्रतिनिधि कस्तो हुन्छ ? साँच्चैको जनप्रतिनिधिले संसदमा कस्तो भूमिका खेल्नु पर्छ ? बाहिर कस्तो भूमिका खेल्नुपर्छ, संसदमा कस्तो भूमिका खेल्नु पर्छ ? यी कुराहरुमा अत्यन्तै गम्भिरतापूर्वक ध्यान दिनु र क्रियाशील हुनु जरुरी छ ।’ उनले भने, ‘म हाम्रा सम्पूर्ण साथीहरुलाई त्यस भूमिकाका लागि अध्ययनशील हुन, योजनावद्ध ढंगले काम गर्न, दृढताका साथ, स्पष्टताका साथ प्रस्तुत हुन, टिम स्पििरिडमा दलका दलका निर्णय, पार्टीका नीति, पार्टीको निर्णय, दलका निर्णय, दलका अनुशासन, दलका आदेश, दलका निर्देश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन आग्रह गर्दछु ।’

Logo