राजनीति आयुले होइन, आवश्यकताको सिद्धान्तले चल्छः प्रवक्ता महत

राजनीति आयुले होइन, आवश्यकताको सिद्धान्तले चल्छः प्रवक्ता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यकताको सिद्धान्तले चल्ने बताएका छन् । 

मंगलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका प्रवक्ता महतले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताएका हुन् । उनले कुनैपनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यकता रहेको बताए । 

उनले भने- ‘आवश्यकताको सिद्धान्तले चल्छ, आयुको सिद्धान्तमा चल्दैन । कोही बारम्बार हुन्छन् कोही हुँदै हुँदैनन् । परिपक्व नेतृत्वको आवश्यक्ता छ । देशले खोजेको नेतृत्व हामीले प्रश्तुत गर्ने हो । काँग्रेसको मात्रै बहुमत छैन, हामीले अन्य दलहरुलाई पनि जोडेर सरकार बनाउनु छ । त्यो जोड्ने गुण उहाँमा छ, उहाँ पटकपटक त्यसै हुनुभएको होइन ।’
 
काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।  

Logo