माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड सर्वसम्मत

माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड सर्वसम्मत

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् । 

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणपछि पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको माओवादीकाे पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यस्तै प्रमुख सचेतकमा भने सचिव हितराज पाण्डेलाई बनाउने पनि निर्णय भएकाे छ । 

प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ सिटसहित प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् । माओवादीले दलको नेता चुनेसँगै भावी सरकार निर्माणबारे सत्तारुढ गठबन्धनभित्र छलफल अगाडि बढ्ने बाटाे खुला भएकाे छ । 

Skip This
Skip This
Logo