नेपाली कांग्रेसका नवनिर्वाचित सांसद सुनिल शर्माले हिन्दुहरुको महान ग्रन्थ गीता छोएर पद तथा गोपनियताको सपथ लिएका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाबाट शर्माले धर्म भाकेर सपथग्रहण गरेका हुन् । दौरा सुरुवाल लगाएर संसद् प्रवेश गरेका उनले भागवत गीता पनि साथमै बोकेको देखिन्थ्यो ।
साथै सांसद शर्माले आफूले पाउने तलबभत्ता नलिने पनि घोषणा गरेका छन् । आफू राजनीतिमा सेवाका लागि आएको भन्दै उनले तलबभत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान गर्ने बताएका छन् । उनले चुनावी अभियानका क्रममै सांसद बने तलबभत्ता नलिने घोषणा गरेका थिए ।
उनी मोरङ- ३ बाट निर्वाचित भएका हुन् । सत्ता गठबन्धनकाे साथ पाएका उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा शर्मालाई भारी मतले पाखा लगाएका थिए ।





























प्रतिक्रिया