प्रचण्ड धोकेबाज हुन् -मसाल

प्रचण्ड धोकेबाज हुन् -मसाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई धोका दिएको बताएका छन् ।  

नेकपा एमालेलगायत सात दलको समर्थनमा प्रचण्ड मुलुकको ४४औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएसँगै मसालका महामन्त्री सिंहले प्रधानमन्त्री हुन पाँच दलीय गठबन्धन तोडेर सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य गरेको आरोप लगाएका हुन् । 

‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हाे । त्यो कार्य जनतासित ठूलो धोका पनि हो । उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । 

Logo