नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई बालकोट बोलाएका छन्।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन ओलीले आफू निकट नेताहरुलाई बोलकोट बोलाएका हुन्। महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु यतिबेला बालकोट पुगिसकेका छन्। अध्यक्ष ओलीले आजै केही मन्त्री पठाउने तयारी स्वरुप नेताहरुलाई बोलाएर छलफल सुरु गरेका हुन्।
एमालेबाट उपाध्यक्ष पौडलको नेतृत्वमा सरकारमा सहभागी हुने भएका छन्। पौडेललाई अर्थ मन्त्री बनाउने तयारी छ। त्यस्तै अन्य मन्त्रीहरुको पनि आजै टुंगो लगाइने भएको छ। एमालेबाट कम्तिमा ६ जना मन्त्री सरकारमा सहभागी हुने बुझिएको छ। अध्यक्ष ओलीले आइतबार राती उपाध्यक्षद्वय सुवास नेम्वाङ र पौडेलसँग सरकारमा सहभागीलगायतका विषयमा कुराकानी गरेका थिए।































प्रतिक्रिया