केन्द्रका उद्योग र कृषि मन्त्रालयमा जनमतकाे दाबी

केन्द्रका उद्योग र कृषि मन्त्रालयमा जनमतकाे दाबी

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीले केन्द्रका दुईवटा मन्त्रालयमा दाबी गर्ने भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरेको हो। उक्त पार्टीले सरकारमा आफूले पाएको मन्त्रालयका आधारमा मन्त्री टुंगो लगाउनेछ। सरकारमा अध्यक्ष राउत आफैँ जाने वा अरूलाई पठाउने भन्ने विषय टुंगो नलागेको जनमत पार्टीका नेता बिपी साहले जानकारी दिए।

नवनिर्मित सत्तारूढ सात दलको बैठक नयाँ संसद्‌ भवन नयाँ बानेश्वरमा जारी छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सिके राउतल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेता सहभागी छन्। बैठकले नयाँ सरकार गठनबारे छलफल गर्ने र सहमति जुटाउने बताइएको छ। यो बैठकले सबै दललाई मन्त्रालय भागवण्डाको विषय पनि टुंगो लगाउनेछ।

Logo