कांग्रेसका प्रतिनिधिसभा सदस्य गुरुङ निलम्बित

कांग्रेसका प्रतिनिधिसभा सदस्य गुरुङ निलम्बित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । संघीय संसद सचिवालयका महासचिव डा‍ भरतप्रसाद गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै गुरुङ निलम्बित भएको जानकारी दिएका हुन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले गुरुङलाई निलम्बित गरिएको बताइएको छ । 

‘अत: प्रतिनिधि सभाका सदस्य टेक बहादुर गुरुङ उपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनी उत्त आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरि आयाेगकाे प.सं ०७९/०८० च.नं.२७८२७, मिति २०७९/०९/०८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकाेले प्रतिनिधि सभाका माननीय सदस्य श्री टेक बहादुर गुरुङ्ग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमाेजिम' २०७९/०९/०६ देखि स्वत: निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएकाे छ’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति-

 

Skip This
Skip This
Logo