केन्द्रीय सुरक्षा समितिको पहिलो बैठकः गृहमन्त्री लामिछानेले लिए अपडेट

केन्द्रीय सुरक्षा समितिको पहिलो बैठकः गृहमन्त्री लामिछानेले लिए अपडेट

केन्द्रबिन्दु
0
Shares

केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक सम्पन्न भएको छ ।  

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा मंगलबार मन्त्रालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखले काम कर्तव्यबारे जानकारी गराएका थिए । पहिलो बैठक भएकाले सुरक्षा निकायको समसामयिक विषयमा जानकारी गराइएको मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए। 

बैठकमा गृहसचिव विनोदप्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी सरोजप्रताप राणा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको २४ घण्टा पनि नपुग्दै सुशासनको पक्षमा काम गराउन एक्सनमा उत्रिएका छन् । उनले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत राखेका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगीलाई फिर्ता गर्न ४८ घण्टाको अल्टिमेटम दिइसकेका छन् । 

Logo