सरकारमा जाने वा नजाने टुंगो लगाउन राप्रपाको बैठक बस्दै

सरकारमा जाने वा नजाने टुंगो लगाउन राप्रपाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ । बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी नहुने बताएका छन्। प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्। 

Skip This
Skip This
Logo