देउवाले छाडे बालुवाटार

देउवाले छाडे बालुवाटार

केन्द्रबिन्दु
0
Shares

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् ।

बूढानीलकण्ठमा रहेको निजी निवास मर्मतको काम चलिरहेकाले निवर्तमान प्रधानमन्त्री देउवाले ढिला गरेर बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन् । उनी बसुन्धरामा भाडाको घरमा सरेका छन् । २८ असार २०७८ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै बालुवाटार बसेका देउवाले प्रचण्ड प्रधानमन्त्री बनेपछि बसुन्धरामा सरेका हुन् । 

प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटारमा सर्नुपर्ने भएपनि त्यो खाली नहुँदा यता प्रचण्ड खुमलटारमै बस्‍न बाध्‍य थिए।

Logo