प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै बालुवाटार सर्ने, साइत नहेर्ने

प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै बालुवाटार सर्ने, साइत नहेर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । 

प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए । साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेको समेत उनले बताए । 

सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन् । उनले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिएका थिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाडेका छन् । उनी बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ नगई धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।  

Skip This
Skip This
Logo