प्रचण्ड नेतृत्वको सरकारबारे भारतले भन्यो- ‘मिलेर अगाडि बढ्न तयार छौं’

प्रचण्ड नेतृत्वको सरकारबारे भारतले भन्यो- ‘मिलेर अगाडि बढ्न तयार छौं’

केन्द्रबिन्दु
0
Shares

दक्षिणी छिमेकी राष्ट्र भारतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जनाएको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठन भएको नेपालको नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षीलाई बधाई दिइसकेको उल्लेख गर्दै उनले भने- ‘दुई देशबीच जुन सद्भाव छ। जनता जनताबीचको सम्बन्ध छ। नेपालसँग द्विपक्षीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कमी गर्दैनौँ । नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने आशा राख्छौं।’ 

प्रवक्ता बागचीले आफूहरुले पहिले पनि नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको कुरा बताएको दोहोर्‍याए। दुवै देशबीच गहिरो सम्बन्ध बनाउन चाहने कुरा नेपालका प्रधानमन्त्री प्रचण्डले बताइसकेको पनि उनले उल्लेख गरेका थिए । 

Skip This
Skip This
Logo