नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताएका हुन् ।
'पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भएको हो,' नेता कोइरालाले भने । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो ।
नेता कोइरालाले गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्त्वपूर्ण भूमिका दाहालले खेलेको बताए । उनले भने, 'ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।'
कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै नेता कोइरालाले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।































प्रतिक्रिया