माओवादी गण्डकी संसदीय दलको नेतामा चुमान सर्वसम्मत

माओवादी गण्डकी संसदीय दलको नेतामा चुमान सर्वसम्मत

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान निर्वाचित भएका छन् ।

शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो । चुमानका अनुसार आइतबारै बस्ने संसदीय दलको बैठकले पार्टीको उक्त निर्णयलाई पारित गर्नेछ । ‘पार्टीले सर्वसम्मत्रुपमा दलको नेतामा मलाई निर्णय गरेको छ, ’ उनले भने, ‘आइतबार संसदीय दलको बैठक बसेर पारित हुनेछ ।’

चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन अवस्थामा पनि उनी संसदीय दलको नेता चुनिएर एमालेसँगको गठबन्धनमा प्रदेशको कानुनमन्त्री बनेका थिए । पछि कांग्रेससँगको गठबन्धनमा भने उनी मन्त्रीमण्डलमा सहभागी भएनन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा अघिल्लो निर्वाचनमा १२ सिट जितेको माओवादी अहिले जम्मा ८ सदस्यसहित तेस्रो स्थानमा रहेको छ । 

Logo