प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किंदा व्यक्तिगत प्रयोजनका लागि दुईवटा मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् ।
व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रालयलाई यस्तो निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले राखेपछि व्यापक रुपमा विरोध भएसँगै प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल यो समस्या समाधान गर्न निर्देशन दिएको हो ।
रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको जनाइएको छ ।





























प्रतिक्रिया