नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामीकार्यभार सम्बन्धी अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।
देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक रसामाजिक लगायतका समस्याहरुले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनले कबताए । वर्तमान व्यवस्था र संविधानकोरक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा उनले जोड दिए। लामोसंघर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रियसहमति गरेर अघि जानुपर्ने उनको भनाइ छ ।
वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा,माओवादी केन्द्र लगायतकोविगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे । उनले आफूहरुले गरेकोहिसावकितावले काम नगरेको पनि बताए । उनले विगतमा आफूहरुका बीचमा भएकोगठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताए ।































प्रतिक्रिया