कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे

कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका–३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि बेदकोट तालसम्म कालोपत्र सडक विस्तार भएको वडा नं ३ का अध्यक्ष मोहन गुर्धामीले बताए। ‘दैजीदेखि बेदकोट ताल भन्दामाथि सिन्यारी भन्ने ठाउँसम्म कालोपत्र सडक पुगेको छ,’ उनले भने, ‘करिब १०–१२ किलोमिटर सडक कालोपत्र भएको छ ।’

विगतमा बेदकोट ताल पुग्नका लागि ग्राभेल सडकको बाटो हिँड्नुपर्ने बाध्यता थियो । पर्यटकीयस्थल बेदकोट ताल कालोपत्र सडक सञ्जालसँग जोडिएपछि आवातजावतमा सहज भएको स्थानीय महेश जोशीले बताए ।

कञ्चनपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बेदकोट ताल अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म जोड्ने सडक योजना अन्तर्गत बेदकोट तालसम्म सडक सञ्जाल पुगेको छ ।

Skip This
Skip This
Logo