‘न्यूनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता’ -गृहमन्त्री लामिछाने

‘न्यूनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता’ -गृहमन्त्री लामिछाने

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका छन् । 

बिहीवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग सरकारले ल्याउने साझा कार्यक्रमबारे बोल्दै गृहमन्त्री लामिछानेले सरकारका न्यूनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका हुन् । उनले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहाना पूरा गर्नेगरी कार्यक्रम आउने बताए । सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने उनले बताए । 

गृहमन्त्री लामिछानेले जनतालाई सहज बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने साझा एजेण्डामा कुनैपनि दलको विमति नभएको बताए ।  

उनले भने, राजनीतिक दलहरुको विचारको विभेदलाई पन्छाएर जनमतलाई कदर गरेका छौं । जसरी जनमत आयो त्यसरी काम गर्नुपर्ने अवस्था आयो । त्यही अनुसार काम गर्छ । साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । साझा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई सरकारले परिपूर्ति गर्नेगरी ठोस योजनाकासाथ अगाडि बढ्छौं । आम नागरिकका समस्या समाधान गर्ने र भ्रष्टाचार गर्ने विषयमा राजनीतिक दलमा विवाद गरे त्यो राजनीतिक दल नै भएन । त्यसमा हामी सहमत छौं । अहिलेसम्म सकिन्छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने भएको छ ।’ 

Logo