कम्बोडियामा मृत्यु भएका निराकरको शव ल्याउन सरकारले नै खर्च व्यहोर्ने

कम्बोडियामा मृत्यु भएका निराकरको शव ल्याउन सरकारले नै खर्च व्यहोर्ने

केन्द्रबिन्दु
0
Shares

कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकर पाण्डेको शव ल्याउनका लागि सरकारले नै खर्च व्यहोर्ने भएको छ।

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यसअघि बिहीबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले निराकरको परिवारलाई शव जति सक्दो चाँडो नेपाल ल्याउन पहल गर्ने बताएका थिए। गत पुस १६ गते निराकरको कम्बोडियामा आगलागीका कारण मृत्यु भएको थियो।

Logo