देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य छ -सिके राउत

देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य छ -सिके राउत

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका छन् । 

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देश जातीय तथा धार्मिक विधितायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका हुन् । यसका लागि आफू नै उदाहरण रहेको उनको भनाइ छ । 

लोकतान्त्रिक व्यवस्थाको रक्षा र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए  । 
 

Skip This
Skip This
Logo