पुस २७ को बिदा राजाका लागि होइन, देश एकीकरणका नायकको लागिः योगेश भट्टराई

पुस २७ को बिदा राजाका लागि होइन, देश एकीकरणका नायकको लागिः योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताएका छन् । 

सोमवार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले रुपमापुस २७ गते दिने सार्वजनिक विदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभएर नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मान भएको बताएका हुन् । उनले पुस २७ गते धेरै महत्वपूर्ण राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक बिदा दिन स्वागतयोग्य भएको बताए । 

सचिव भट्टराईले ससदमा राजनीतिक दलहरुको संख्या सत्ता शक्ति बदलियको भन्दै बदलिएको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग सहमति कायम गरेर निजामति विद्येयकलाई अगाडि बढाउने बताए । उनले नागरिकता विधेयकमा धेरै विवाद नभएको भन्दै अघिल्लो सरकारले एमालेसँग सहकार्य र संवाद नगरेका बताए । वर्तमान सरकारले नागरिकता विद्येयक पास गर्न प्रतिपक्ष दलसँग समेत संवाद गर्ने उनले बताए । 
 
मेलमिलाप तथा सत्य निरुपन विद्येयक ल्याउँदा प्रतिपक्ष दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्ने सचिव भट्टराईले बताए । 

Skip This
Skip This
Logo