प्रधानमन्त्री प्रचण्डकाे प्रतिक्रिया- हर्ष र गर्वको अनुभुति भएको छ

प्रधानमन्त्री प्रचण्डकाे प्रतिक्रिया- हर्ष र गर्वको अनुभुति भएको छ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । 

मंगलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले हर्ष र गर्वको अनुभुति भएको बताएका हुन् । उनले ठूलो जिम्मेवारी र चुनौति थपिएको महशुस गरेको पनि बताए । आफूलाई प्रमुख प्रतिपक्षि दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिवद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भएको पनि उनले बताए । 

सञ्चारकर्मीहरुको प्रतिप्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डलेले आफूलाई प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रुपमा चित्रण गर्नु नहुने बताए । उनले सरकारले गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडी बढाउने पनि स्पष्ट पारे । 

Skip This
Skip This
Logo