अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष कैदको फैसला

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष कैदको फैसला

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन् । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धनका विषयमा घुस लिएको अभियोगमा पूर्वआयुक्त पाठकलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । 

साथै सोही मुद्धामा मुछिएका अर्थात् घुस दिने इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि ३ वर्ष कैद र  ३९ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । तर, पाठकलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार उद्योग गरेकोमा थप तीन महिना सजाय सुनाइएको छ ।

कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग ७८ लाख मागेको अडियो सार्वजनिक भएपछि अख्तियारले तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो। 

Skip This
Skip This
Logo